ad ad

समाज


हेटौंडाका युवा धादिङ पुगेर त्रिशूलीमा हामफाले, मोटरसाइकल पुलमा भेटियो

हेटौंडाका युवा धादिङ पुगेर त्रिशूलीमा हामफाले, मोटरसाइकल पुलमा भेटियो

त्रिशूलीमाथि छाडिएको मोटरसाइकल र पुल जम्मा भएका स्थानीयबासी


नेपालखबर
असोज १६, २०८० मंगलबार ११:३८, काठमाडौँ

मकवानपुरका एकजना युवक धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेंसीस्थित नयाँ पुलबाट त्रिशूलीमा हामफालेर बेपत्ता भएका छन्। 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ चौकीटोल निवासी नारायणप्रसाद देवकोटाका ३८ वर्षीय छोरा निरञ्जन देवकोटाले आइतबार साँझ त्रिशूलीमा हामफालेका थिए। 

बा.प्र. ०३-००५प ४१७६ नम्बरको एभेन्जर मोटरसाइकल नयाँ पुलमै छाडेर देवकोटाले त्रिशूलीमा हामफालेर बेपत्ता भएका हुन्। 

इलाका प्रहरी कार्यालय गजुरीबाट ३ किलोमिटरको दूरीस्थित उक्त पुलबाट हामफालेका देवकोटाको अहिलेसम्म अवस्था खुल्न सकेको छैन। 

देवकोटाले त्रिशूलीमा हामफालेको खबर पाएपछि उनका आफन्तहरु प्रहरीको सम्पर्कमा आइसकेका छन्। अहिले प्रहरीले स्थानीयको सहयोग लिएर उनको खोजी गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .