ad ad

समाज


तिलगंगामा छुरा हानेपछि ट्याम्पो चढेर भागेका थिए युवक

तिलगंगामा छुरा हानेपछि ट्याम्पो चढेर भागेका थिए युवक

नेपालखबर
असोज १५, २०८० सोमबार १६:११, काठमाडौँ

काठमाडौंको तिलगंगास्थित एक स्वास्थ्य संस्थाका सञ्चालकमाथि छुरा प्रहार गर्ने युवा ट्याम्पो चढेर भागेको खुलेको छ। 

तिलगंगास्थित बागमती करिडोरमा रहेको एक घरमा पीके डायग्नोसिस सेन्टरका सञ्चालक बाराका साविर हुसेनमाथि छुरा हानेका युवा ट्याम्पो चढेर भागेको विवरण प्रहरीले पत्ता लगाएको हो। 

एकजना प्रहरी अधिकृतका अनुसार मोटरसाइकलमा सवार भएर आएका ती युवक हुसेनमाथि छुरा हानेपछि ट्याम्पो चढेर भागेको विवरण भेटिएको हो।

प्रहरीले ती युवकलाई पक्राउ गर्न उपत्यकाका सबै मुख्य नाकामा टोली परिचालन गरिएको जनाएको छ। 

उक्त घटनालगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलबाट एक थान पेस्तोल र एक थान गोली पनि बरामद गरेको छ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी दिनेश मैनालीका अनुसार सोमबार ११ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका-९ स्थित तिलगंगामा उक्त घटना भएको थियो। 

बागमती कोरिडोरसँगैको एउटा घरमा ती युवाले बाराको कलैया नगरपालिका-२१ घर भई हाल कोटेश्वर बस्दै आएका ३८ वर्षीय हुसेनलाई चक्कु हानेर भागेका थिए। 

घटनालगत्तै प्रहरीले हुसेनलाई उद्धार गरेर अस्पताल पठाएको थियो। घाइतेको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेका मैनालीले बताए। 

प्रहरी घटना भएको उक्त घरबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र घटनामा प्रयोग गरेको चक्कु पनि बरामद गरेको छ। मैनालीले घटनाको अनुसन्धान जारी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .