ad ad

समाज


कपिलवस्तुबाट डेढ करोड बढीको रक्तचन्दन बरामद

कपिलवस्तुबाट डेढ करोड बढीको रक्तचन्दन बरामद

नेपालखबर
असोज १४, २०८० आइतबार १७:२४, काठमाडौँ

प्रहरीले कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१ पत्थरकोटबाट एक करोड ६३ लाख रुपैयाँ बराबरको रक्तचन्दन बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो रक्तचन्दन बरामद गरेको हो।

अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रकमा रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रक्त चन्दन जस्तो देखिने रातो काठ परिणाम ६१६ किलो ९७० ग्राम  र ट्रक सँगै आइरहेको लु २ च १६३९ नम्बरको बलेरो पिकअपको पछाडीको ढालामा लुकाई छिपाई राखेको सोही प्रकृतिको ३६ किलो १८ ग्राम गरी जम्मा ६५३ किलो ग्राम १५० ग्रामको रक्त चन्दन जस्तो देखिने रातो काठ फेला परेको हो।

सो काठको अन्दाजी मूल्य एक करोड ६३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। सो काठसहित प्रहरीले आठ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। 

पक्राउ परेका मानिस र बरामद सवारी साधन उक्त काठसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .