कञ्चनपुरको भारतीय नाकाबाट प्रहरीले दुई किशोरीलाई उद्धार गरेको छ।
भारत पस्न लागेका १३ र १४ वर्षका दुई किशोरीलाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।
बेलौरी नगरपालिका–१० भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत तर्फ जाँदै गरेको अवस्थामा उनीहरूको उद्धार गरेको हो।
शंकाको आधारमा सोधपुछ गर्दा दुबै किशोरीले भारत हुँदै कोरिया जान लागेको बताएका थिए।
48
Shares

प्रतिक्रिया