ad ad

समाज


मोरङमा १५ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार

मोरङमा १५ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार

सांकेतिक तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार १४:२१, काठमाडौँ

मोरङमा एक १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कृत भएकी छन्।

ती किशोरीलाई धनखेतमा बोलाई ६ जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल र अर्का एक जना छन्।

किशोरीले दिएको उजुरीका आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .