समाज


कोरोना भाइरस परीक्षण आजदेखि नेपालमै

कोरोना भाइरस परीक्षण आजदेखि नेपालमै

नेपालखबर
माघ १३, २०७६ सोमबार ३:५४,

अहिले विश्वलाई नै आतंकित बनाइरहेको नयाँ खालको जीवाणु कोरोना भाइरसको परीक्षण आज (सोमबार)देखि नेपालमै हुने भएको छ।

यसअघि यो भाइरस संक्रमण आशंका भएका व्यक्तिको रगत तथा र्यालको नमुना परीक्षणका लागि विदेशै पठाउनुपर्ने बाध्यता थियो।

तर आज (सोमबार)देखि काटमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोना भाइरस परीक्षण हुने भएको हो।

प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाका अनुसार यो परीक्षणका लागि आवश्यक केमिकल आइपुगेकाले परीक्षण थालिने भएको हो।

याे पनि :

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८०, संक्रमित ३ हजार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad