चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ। अहिलेसम्म ३ हजार जनालाई यसको संक्रमण भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा मात्रै ७६ जना र ४ जनाको मृत्यु भएको हो।
कोरोनाको उत्पत्तिस्थल वुहानमा २ हजार शय्याका दुईवटा अस्पताल निर्माण भइरहेको बीबीसीले जनाएको छ।
स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन्।
थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेका छन्।
यसैबीच चीन सरकारले नयाँ वर्षको बिदा लम्ब्याएकाे छ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले जनवरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरी दोस्रो सातासम्म लम्ब्याइएको हाे।
याे पनि : कोरोना भाइरसको परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने
Shares

प्रतिक्रिया