समाज


काठमाडौंकाे जमलमा एकाबिहानै यसरी पल्टियो कार

काठमाडौंकाे जमलमा एकाबिहानै यसरी पल्टियो कार

नेपालखबर
असार १४, २०७६ शनिबार ३:३८,

काठमाडौंको जमलमा आज (शनिबार) बिहान भयानक किसिमले कार पल्टिएको छ।

ट्राफिक प्रहरीका अनुसार केशरमहलबाट जमलतर्फ जाँदै गरेको बा ११ च ३६०४ नम्बरको कार बिहान ६ बजेतिर दुर्घटना भएको हो।

 car

कार दुर्घटनाबाट मानवीय क्षति भएको छैन। दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन्।

कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ। श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सञ्चालक हुन्।

उनको खुट्टामा सामान्य चोट लागेको छ।

कार गलत लेनमा गएर होटल एलो प्यागोडाअगाडि सडकको रेलिङमा ठोक्किएको छ।

कारको ठक्करबाट सडक किनारमा राेकिराखेको एक पर्यटक माइक्रोमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad