समाज


मुस्लिम आयोगद्वारा धार्मिक सहिष्णुता खलबलाउनेलाई कारबाहीको माग

मुस्लिम आयोगद्वारा धार्मिक सहिष्णुता खलबलाउनेलाई कारबाहीको माग

नेपालखबर
असोज ७, २०८० आइतबार १९:४५, काठमाडौँ

सर्लाहीको मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आज आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन्। उनले मलगंवासहित मधेश प्रदेशका केहि जिल्लाहरुमा केही अराजक तत्वहरुले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरे। 

‘मुस्लिम आयोगको तर्फबाट र माननीय सांसद् ज्यु संयुक्त रुपमा जुन अहिलेको विषय मलगंवाको विषयमा र मधेश प्रदेशका केही जिल्लाहरुमा पनि जुन अराजक तत्वहरुले हाम्रो धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेका छन्। सामाजिक सद्भाव जुन सदिऔंदेखि हिन्दु, मुस्लिमहरु हामी मिलेर बसिरहेको समुदायविचमा केही तत्वहरूले त्यसलाई विथोल्ने प्रयास गरिरहेको विषयमा शान्ति सुरक्षाका लागि र यसमा ठोस रुपमा प्रशासनको संलग्नता हुनुपर्‍यो भन्ने विषयमा हामीले ध्यानाकर्षण गरायौँ,’ उनले भने, ‘जुन प्रकारको अहिले कफ्र्यु छ, कफ्र्युको बाबजुतपनि मुस्लीम समुदायको घरघरमा लुट्ने, चेलिबेटिलाई दुव्र्यवहार गर्ने यी यावत कुराहरु जुन् छ। यस विषयमा मन्त्री ज्यूलाई विशेष रुपमा ध्यानाकर्षण गरायौँ। उहाँले चहीँ अत्यन्तै गम्भिरताका साथ यो विषयमा ठोस कदम चाल्छौं।’

उनले कफ्र्युको बाबजुतपनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलिबेटिलाई दुव्र्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृह मन्त्रीलाई आग्रह गरे। न्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धी र देशको उन्नती प्रगतिको पक्षमा रहेको बताए।

‘दोषी जो भएतापनि कारबाहीको दायरमा ल्याउँछौ भनेर भन्नुभएको छ। अहिले मलगंवामा अफ्ठेरो परिस्थिति छ। वीरगञ्जमा पनि घरमा छिरेर हात भाच्ने प्रयास भयो। यस्ता तत्वहरुलाई कानुनी दायरामा नल्याएसम्म देश शान्तिको दिशामा देश जान सक्छ भनेर मलाई लाग्दैन,’ उनले भने, ‘मुस्लिम समुदाय देशम शान्ति हुनुपर्छ, समृद्ध हुनुपर्छ, देशको उन्नती र प्रगति हुनुपर्छ भन्ने चाहन्छ। आज मुस्लिम समुदायलाई हिन्दुले होइन, अन्य जातिले होइन, केहि अराजक तत्वहरुले प्रहार गरिरहेको छ। यसमा चाही हामी गम्भिर हुनुपर्छ। मन्त्री ज्यूले अत्यन्तै गम्भिर भएर यसको समाधान निकाल्ने बचनवद्धता हामीलाई दिनुभएको छ।’

विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलंगवा नगरपालिका–३ विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डिजे बाजाको विषयलाई लिएर विवाद बढेपछि तनावको स्थिती सृजना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad