समाज


लागुऔषध विरूद्धको लडाइँमा आसरा केन्द्रको योगदान महत्त्वपूर्ण : महानिरीक्षक कुँवर

लागुऔषध विरूद्धको लडाइँमा आसरा केन्द्रको योगदान महत्त्वपूर्ण : महानिरीक्षक कुँवर

नेपालखबर
असोज ७, २०८० आइतबार १९:४०, काठमाडौँ

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

काठमाडौँमा भएको आसरा सुधार केन्द्र रानीबारीको २७औँ वार्षिकोत्सव समारोहमा उनले कुलतमा फसेका व्यक्तिहरूलाई पुनःजीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिबद्धताका साथै सामाज रूपान्तरणका लागि खेलेको भूमिका पनि उत्तिकै सराहनीय रहेको उल्लेख गरे।

लागुऔषधको कारोबार तथा लागूऔषधमा सङ्लग्न व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए।

उनले संस्थाले सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन मद्दत पु¥याएको उल्लेख गर्दै राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यलाई उक्त केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको बताए।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष लक्ष्मी वरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्त्वपूर्ण योगदान पु¥याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पु¥याउने केन्द्रका पूर्वअध्यक्षद्वय ज्ञानु ज्ञवाली र श्रीमती कुशुमलता सिंह तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी उपाध्यक्ष रूपा थापालाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरेका थिए।

प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पु¥याउने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८०’ को विमोचन समेत गरे।

समारोहमा केन्द्रकी अध्यक्ष कुँवरले केन्द्रका परामर्शदातालाई प्रशंसापत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरे। 

अध्यक्ष कुँवरले जान अन्जान, परिवेश र परिबन्धले लागुऔषधको दलदलमा फसेका लागुऔषध प्रयोगकर्तालाई कानूनी दण्डबाट दण्डित गरिनुभन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्धतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनःमिलनमा फर्काइनुपर्छ भन्ने लक्ष्यका साथ आसरा सुधार केन्द्र स्थापना भएको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad