चीनमा यस भाइरसबाट संक्रमितको संख्या झन्डै २ हजार पुगेको छ।
चीनको स्वास्थ्यमन्त्री मा साओवीले यस भाइरसको संक्रमणबाट ५६ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
ताइवानमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ३ पुगेकोे छ। भाइरस थप फैलने त्रासले ताइवानले चिनियाँ नागरिकको भिसा दर्खास्त नै लिन नमानेको सीएनएनले जनाएको छ।
आइतबार ताइवानको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले चीनका नागरिकलाई तत्कालका लागि भिसा नदिने बताएको हो।

प्रतिक्रिया