ad ad

समाज


सिंहदरबारमा सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता

सिंहदरबारमा सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता

नेपालखबर
असोज ४, २०८० बिहिबार ९:९, काठमाडौँ

आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार बिहान सिंहदरबारमा वार्ता भएको छ।

विभिन्न शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान गृहमन्त्रीकै कार्यकक्षमा वार्ता भएको हो। पुन: वार्ता गर्नेगरी वार्ता सकिएको र वार्ता सकारात्मक भएको बताइएको छ। 

वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री अशोक राईलगायत सहभागी थिए। वार्ता ८ बजेदेखि ९ बजेसम्म भएको थियो।

आन्दोलनरत शिक्षकका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष कमला तुलाधार, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .