समाज


काठमाडौं आउँदै गरेको सुमो सिमरामा पल्टिँदा ८ जना घाइते

काठमाडौं आउँदै गरेको सुमो सिमरामा पल्टिँदा ८ जना घाइते

नेपालखबर
असोज ४, २०८० बिहिबार ६:३४, काठमाडौँ

बारामा टाटासुमो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। 

निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज ३८४७ नम्बरको टाटा सुमो बुधबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजमा दुर्घटनामा परेको हो। 

चालकले ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको बताएका प्रहरीले जनाएको छ। गाडी चालक निजगढ नगरपालिका-९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले पक्राउ परेको छ।  

घाइतेहरु सबै खतरा मुक्त छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad