ad ad

समाज


विद्युत् प्राधिकरणका १०४ कर्मचारीको एकसाथ सरुवा (सूचीसहित)

विद्युत् प्राधिकरणका १०४ कर्मचारीको एकसाथ सरुवा (सूचीसहित)

नेपालखबर
असोज २, २०८० मंगलबार ८:१६, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले एकैचोटि १०४ जना कर्मचारीको सरुवा गरेको छ।

गत भदौ ३१ गतेको निर्णयानुसार प्राधिकरणले निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरूको सरुवा गरेको हो। जसमा धेरैजसो कार्यालय प्रमुख छन्।

सरुवा सूचीअनुसार निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुख बनाएर सरुवा गरिएको छ भने प्रबन्धक दीपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभाग लगिएको छ।

यसैगरी रत्नपार्क, कुलेश्वर, महाराजगन्ज, जोरपाटी, बानेश्वर, लगनखेल, भक्तपुर, पुल्चोक वितरण केन्द्रका प्रमुख पनि सरुवा भएका छन् भने परासी, हेटौंडा, धनगढी, अत्तरिया, नेपालगञ्ज, कोहलपुर, घोराही, लमही, गौर, सिरहा, लालबन्दी, अनारमनी, धुलाबारी, उर्लाबारी, सिन्धुपाल्चोक, काभ्रे, दुहबी, राजविराज, कावासोती, सुर्खेत, सल्यान, ग्रिड विकास विभाग, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुखको पनि सरुवा गरिएको छ। 

हेर्नुहोस् सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .