समाज


भारतको कर्नाटकमा चोरी गरेर भागेका तीन नेपाली गौरीफन्टाबाट समातिए

भारतको कर्नाटकमा चोरी गरेर भागेका तीन नेपाली गौरीफन्टाबाट समातिए

नेपालखबर
भदौ २८, २०८० बिहिबार १४:३६, कञ्चनपुर

भारतमा चोरी गरेर नेपालतिर छिर्न लागेका तीनजना नेपाली कैलालीको गौरीफन्टा नाकाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा बझाङका २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र किरण ३४ वर्षीय किरण खड्का छन्।

उनीहरुले काम गर्दै आएको भारतको कर्नाटकका एक व्यापारीको घरमा चोरी गरेर नेपालतिर भागेका थिए।

उनीहरुलाई चोरी गरेर ल्याएको ६१ हजार नगद र १७ लाख बराबरको एक सय ६० ग्राम सुनसहित पक्राउ गरिएको हो। 

नेपालतिर छिर्न लागेको अवस्थामा भारतीय प्रहरीद्वार पक्राउ परेका उनीहरुलाई उत्तर प्रदेशस्थित लखिमपुर अदालतमा पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .