ad ad

समाज


सीआईबीले बुझायो ३१४ पृष्ठको अनुसन्धान प्रतिवेदन, २९ जनामात्रै प्रतिवादी

सीआईबीले बुझायो ३१४ पृष्ठको अनुसन्धान प्रतिवेदन, २९ जनामात्रै प्रतिवादी

सुन तस्करी प्रकरणमा सीआईबीद्वारा पक्राउ अभियुक्तहरु। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ २७, २०८० बुधबार १७:४५, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साउन ३ गते बरामद करिब ६१ किलो सुन तस्करी प्रकरणबारेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

सीआईबीका अधिकारीले जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेर ३१४ पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको हो।

सीआईबीले यो प्रकरणमा पक्राउ परेका ३२ र फरार रहेका १८ जनासहित ५० जनामध्ये २९ जनालाई मात्रै मुद्दा चलाउनुपर्ने राय दिएको छ।

जसमा पक्राउ परेका २५ जना र फरार सुचीमा रहेका चारजनाविरुद्ध मात्रै मुद्दा चलाउने राय सीआईबीले सरकारी वकिललाई दिएको छ।

यसअघि बुधबार नै पत्रकार सम्मेलन गरेर सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जनासहित ५० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको बताएको थियो। 

तर सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले पत्रकार सम्मेलनमा उल्लेख गरिएका ५० जनामध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउँदै मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाइएको हो। 

सीआईबीको निर्णयपछि हिरासतमा रहेका ६ जना छुट्ने भएका छन्। यसअघि पक्राउ परेकी रुक्मिणी सुब्बा भने छुटिसकेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .