उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज भएका छन्।
गत भदौ १३ गते नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीस्थित उपचारार्थ भर्ना भएका उनी आइतबार डिस्चार्ज भएका हुन्।
भदौ १३ गते नै अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सकको टोलीले खड्काको प्रोस्टेटको शल्यक्रिया गरेको थियो।
शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्काको स्वास्थ्य पूर्णरुपमा ठीक भइसकेपछि आइतबार डिस्चार्ज गरिएएको निमित्त रजिष्ट्रार एवम् महासेनानी अन्जनकेशर खत्रीले बताएका छन्।
54
Shares

प्रतिक्रिया