ad ad

कारोबार


उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदको आवेदन खुल्यो, यस्तो छ योग्यता

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदको आवेदन खुल्यो, यस्तो छ योग्यता

नेपालखबर
भदौ २४, २०८० आइतबार १९:१०, काठमाडौँ

सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धको लागि सरकारले आवेदन माग गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले महाप्रबन्धकको लागि सिफारिस समिति गठन गरेको छ। उक्त समितिले आवेदन माग गरेको हो।

२१ दिन भित्र आवेदन दिन समेत सूचनामा आग्रह गरेको छ।

महाप्रबन्धको लागि योग्यता तथा अनुभवसमेत सूचनामा तोकिएको छ।

सूचना अनुसार सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनपर्ने छ।

त्यसको अलावा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनपर्ने, दरखास्त दिने अन्तिम मितिसम्म उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनपर्ने छ।

निवेदकले दरखास्तसाथ फारामा भर्नुपर्ने छ। उद्योग मन्त्रालयको वेवसाइटमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को अनुसूची २ बमोजिमको ढाँचामा दुई प्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मन्त्रालयको वेवसाइटमा रहेको नमूना बमोजिमको स्वःघोषणा फाराम, वैयक्तिक विवरण र सम्बन्धित निकायबाट प्रमाणित अनुभव खुल्ने कागजातका प्रतिलिपिहरुलाई उम्मेदवार स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ।

अनुभवको विवरण पेश गर्दा काम गरेको संस्थाको नाम, काम गरेको कुल समयाअवधि ९ वर्ष, महिना, दिन समेत खुलाई स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ।

दरखास्तसाथ उम्मेदवारहरुले उदयपुर सिमेन्ट उद्योगको सुधार सहित सुसञ्चालनका लागि बढीमा पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना २ प्रति एउटै खाममा सिलबन्दी गरी पेश गर्नुपर्नेछ। व्यावासायिक कार्ययोजना ए फोर साइजको सादा सेतो कागजमा एकापट्टि मात्र टाइप गरिएको हुनुपर्ने छ।

व्यावासायिक कार्ययोजना नेपाली वा अग्रेजी भाषामा लेख्न सकिने सूचनामा उल्लेख गरेको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .