ad ad

समाज


हट्यो मलंगवामा कर्फ्यु, जुलुश र भेला गर्न भने निषेध

हट्यो मलंगवामा कर्फ्यु, जुलुश र भेला गर्न भने निषेध

नेपालखबर
भदौ २४, २०८० आइतबार ९:३८, सर्लाही

सर्लाही सदरमुकाम मलंगवाको अवस्था सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु हटाएको छ। 

मलंगवाको अवस्था सामान्य बन्दै गएकाले आज (आइतबार) बिहानबाट कर्फ्यु हटाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले जानकारी दिए। 

दुई पक्षबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शनिबार साँझ पाँच बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि मलंगवा क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। 

‘कर्फ्यु हटाइए पनि निश्चित क्षेत्रमा भेला जुलुश गर्न भने प्रतिवन्ध लगाएको छ,’ सीडीओ यादवले भने, ‘अहिले यहाँको अवस्था सामान्य छ। मानिसहरुको आवतजावत खुला भएको छ।’

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलंगवा नगर क्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा बाबा पेट्रोल पम्पसम्मको क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुश, बैठक, गर्न नपाइँने स्थानीय प्रशासनले आइतबार बिहान जारी गरेको सूचनामा उल्लेख छ। 

हेर्नुहोस् स्थानीय प्रशासनले जारी गरेको सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .