ad ad

समाज


भक्तपुरमा तीनवटा सवारी ठोक्किँदा पत्नीको मृत्यु, पतिसहित २ घाइते

भक्तपुरमा तीनवटा सवारी ठोक्किँदा पत्नीको मृत्यु, पतिसहित २ घाइते

नेपालखबर
भदौ २४, २०८० आइतबार ६:४१, काठमाडौँ

गएराति भक्तपुरमा तीनवटा सवारी आपसमा ठोक्किँदा २५ वर्षीया एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका पति घाइते भएका छन्।

शुक्रबार राति करिब आठ बजे सूर्यविनायक नगरपालिका ८ मा तीनवटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका २ की २५ वर्षीया नविना काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उनका उनका पति ३० वर्षीय किरण घिमिरे घाइते भएका छन्। उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ। 

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार सुरुमा जगातीबाट सूर्यविनायक जाँदै गरेको बागमती प्रदेश ०२-०२३ प २८५९ नम्बरको मोटरसाइकल र विपरीतबाट आउँदै गरेको प्रदेश ३ -०२-००२ प ६९३नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

लगत्तै त्यहाँ प्रदेश ३ -०२-००२ प ६९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४११ नम्बरको टेलर गाडीमा ठोक्किएको थियो। 

मोटरसाइकलबाट उछिट्टिएकी महिलालाई टेलर गाडीले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा बागमती प्रदेश ०२-०२३ प २८५९ नम्बरको मोटरसाइकल चालक ओखलढुंगाको सुनकोशी गाँउपालिका-४ घर भई भक्तपुर नलिन्चोक बस्ने ३२ वर्षीय हिरा बडाल घाइते भएका छन्। उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको डीएसपी पाठकले जानकारी दिए। 

प्रहरीले टेलर गाडीका चालक वीरगन्ज महानगरपालिका९२ का २५ वर्षीय हासिब हुसेन अन्सारीलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .