समाज


कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत सामग्री

कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत सामग्री

नेपालखबर
भदौ २३, २०८० शनिबार १८:३०, काठमाडौँ

गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले १५ लाख बराबरको राहत सामग्री पठाएको छ। 

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको हो।

लायन्स अन्तर्राष्ट्रिय एलसीआइएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्टअन्तर्गत प्राप्त दश हजार डलर र डिष्ट्रिक्ट ३२५ आई नेपालको ‘डिजास्टर फण्ड’बाट करिब रु दुई लाख रकम गरी १५ लाख बराबरको समान पठाइएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी सन्तोष रावलले जानकारी दिए।

एक परिवारका लागि तत्कालको आवश्यकता भाँडादेखि खाद्यान्नसहितका सामग्रीमा चामल, नुन, तेल, चिनी चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु पनियो, ब्लाङकेट, म्याट्रेसलगायतका दैनिक उपभोग्य वस्तु पठाइएको रावलले बताए।

कागबेनीधाममा साउन २८ गते साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठूलो क्षति पु¥याएको थियो।

बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन्।

ठाँडो खोलाको बाढीले २९ घर बगाएको थियो भने केही घरमा आंशिक क्षति पु¥याएको थियो। बाढीले स्थानीयका घर, पसल, होटल, प्रहरीचौकी भवन, वडा कार्यालयलगायतका घर पूरै बाढीले बगाएको थियो।

राहत सामग्री पठाउँदै रावलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदगार साथ लायन्सले सहयोग गर्दै आएको बताए। 

उनले लायन्सले बाढी, पहिरो, भूकम्प, आँधीहुरीजस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै र पीडितलाई राहत तथा उद्धारको काम गर्दै आएको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad