समाज


चिनियाँ कलेज र मदन भण्डारी फाउन्डेसनबीच पाँच बुँदे सम्झौता

चिनियाँ कलेज र मदन भण्डारी फाउन्डेसनबीच पाँच बुँदे सम्झौता

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १५:७, काठमाडौँ

चीनको प्रमुख शहर छोङछिङस्थित ‘छोङछिङ थ्री ग्रर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच सम्झौता भएको छ। 

शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने गरी दुई पक्षबीच सम्झौता भएको हो। 

शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्ने गरी पाँच बुँदे सम्झौता भएको नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले बताए। 

सम्झौतामा फाउन्डेसनको तर्फबाट अखिल नेपाल महिला संघकी अध्यक्ष एवम् फाउन्डेसनकी केन्द्रीय सदस्य टुका हमाल र ‘छोङछिङ थ्री ग्रर्जेज भोकेसनल कलेज’ को तर्फबाट प्रमुख ली जीओ कुअङले हस्ताक्षर गरेका छन्। 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच भएको भेटर्वार्तामा एकअर्कामा अनुभव, सीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने बिषयमा कुराकानी भएको थियो। 

त्यही क्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीरणका क्रममा आर्जन गरेको ज्ञान, सीप र विकास गरेको प्रबिधि नेपालसँग आदानप्रदानको प्रस्ताव राखेका थिए।

महासचिव पोखरेलको प्रस्तावको पहिलो कार्यान्वयन सुरुवात अन्तर्गत छोङछिङ थ्री ग्रर्जेज भोकेशनल कलेज र मदन भण्डारी फाउन्डेशन शैक्षिक क्षेत्रको अध्ययन र अनुसन्धानमा काम गर्ने गरी सहमति भएको नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। 

यो सहमति नेपालको शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानका लागि महत्वपूर्ण रहेको प्रमुख गौतमको भनाइ छ।

‘छोङछिङको विकासमा उनीहरुले आर्जन गरेको अनुभव, ज्ञान र विकास गर्नुभएको प्रविधिलाई नेपालको विकासमा प्रयोगको लाागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ’, उनले भने। 

सहमति अनुसार कलेजको सहयोगमा ग्रामीण पुनः स्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ। 

यसैगरी नेपाली विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरुलाई छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजले अध्ययन र अनुसन्धानको लागि सहयोग गर्नेछ। 

सहमतिअनुसार ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्र्यक्रम सञ्चालन गनिनेछ।

चीन भ्रमणमा रहेको एमालेको  टोली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad