ad ad

समाज


हङकङमा लागुऔषध पुगेको घटनामा विमानस्थल प्रहरीले पनि थाल्यो अनुसन्धान

हङकङमा लागुऔषध पुगेको घटनामा विमानस्थल प्रहरीले पनि थाल्यो अनुसन्धान

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १५:१३, काठमाडौँ

काठमाडौंबाट हङकङ पठाएको सामानमा लागुऔषध भेटिएको घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले पनि छानबिन थालेको छ। प्रहरी उपरीक्षक (एसपी) पदम बिष्टको संयोजकत्वमा उक्त घटना छानबिनका लागि समिति बनाइएको हो।

विमानस्थलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले १० दिनको समय दिएर समितिलाई प्रतिवेदन बुझाउन भनेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीको लापरबाही वा मिलेमतो भएको आशंकामा छानबिन थालिएको छ। विमानस्थलमा लागुऔषध चेकजाँच लागुऔषध नियन्त्रण ब्यूरोले गर्छ। ब्यूरोबाट त्यो दिनको डीयूटीमा खटिएका प्रहरीहरुलाई जिम्मेवारीबाट हटाएर ब्यूरोले पनि छानबिन गरिरहेको छ।

ब्यूरोले पनि छानबिनका लागि डीएसपी अनन्तराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति बनाइएको छ।

काठमाडौंबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानभित्र हङकङको विमानस्थलमा चेकजाँच गर्दा गाँजा फेला परेको थियो। हङकङको एसएफ कुरिएर कम्पनीले गाँजा फेला परेको भन्दै नेपालबाट सामान पठाउने कुरियर कम्पनीलाई जानकारी गराएको थियो।

नेपालको कार्गो कम्पनीले त्यसको जानकारी प्रहरीलाई पनि गराएको हो। साउन २६ गते नेपाल एयरलाइन्समार्फत उक्त गाँजा पुगेको हो।

यस बारेमा प्रहरीलाई साउन ३१ गते जानकारी गराइएको थियो। जानकारी पाए लगत्तै ब्यूरोले उक्त दिन ड्यूटीमा खटिएका चार जना प्रहरीलाई विमानस्थलको ड्यूटीबाट हटाएर छानबिन थालेको छ।

विराट कार्गो कम्पनीले हङकङको एसएफ एक्सप्रेस कार्गो कम्पनीलाई सामान पठाएको थियो। तर हङकङ विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ गरेपछि त्यहाँको कार्गो कम्पनीले यहाँको कम्पनीलाई जानकारी गराएको थियो।

त्यसपछि विराट कार्गो कम्पनीले प्रहरीलाई जानकारी गराएको थियो।

त्यो दिन कार्गोको डीयूटीमा लागुऔषध नियन्त्रण ब्यूरोका वरिष्ठ सई निरन्जन पनेरु, असई कैलास राउत र विष्णुबहादुर थापा तथा हवल्दार प्रदीप बस्नेत थिए। उनीहरुलाई तानिसकेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोबिन्द थपलियाले बताए।

पनेरु लामो समयदेखि लागुऔषध नियन्त्रण ब्यूरोबाट विमानस्थलको डीयूटीमा खटिँदै आएका छन्। सरुवा गरे पनि उनी च्यानल मिलाएर त्यहीँ पुग्ने गरेको ब्यूरोका एक अधिकारीले बताए।

पनेरुकै सेटिङमा गाँजा हङकङ पुगेको ब्यूरोको प्रारम्भिक अनुमान छ।

हङकङबाट तस्करले ६० किलो बढी सुन भित्र्याएको घटनाको अनुसन्धान चलिरहँदा नेपालबाट हङकङमा जाँगा पठाएको खुलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .