ad ad

समाज


सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज आउनसक्छ फैसला

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज आउनसक्छ फैसला

फाइल तस्बिर : सन्दीप लामिछाने


नेपालखबर
भदौ २१, २०८० बिहिबार ७:५०, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दा फैसलाका लागि आज (बिहीबार) लाई पेसी तोकिएको छ। 

आज मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो। 

यही भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि आजका लागि पेसी तोकिएको हो। 

अन्तिम बहस सकिएमा आजै फैसला आउने सम्भावना छ। 

सन्दीपले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ।

ती किशोरीले एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको भनी गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए। यसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .