सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन दुरूपयोग भएको भन्दै नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले विरोध जनाएको छ।
युवा संघले सार्वजिनक बिदामा पासबिना सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो।
युवा संघले, काठमाडौंको कलंकी, बालाजु, बानेश्वर र भक्तपुरको सूर्यविनायक र ललितपुरमा सडक संघर्ष गरेको हो।
युवा संघ नेपालका प्रवक्ता निरोज पौडेलका अनुसार देशभर सार्वजनिक बिदाको दिन सरकारी गाडी रोकिने छन्।
बिनापास सरकारी सवारी साधन चलाउने सवारी साधन नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको उनले बताए।
युवा संघले सवारी साधन नियन्त्रणमा लिन थालेपछि थप क्षति हुन नदिन प्रहरी वृत्त कालिमाटीका डिएसपी नरहरि अधिकारी र ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल सडकमा आएका थिए।
204
Shares
प्रतिक्रिया