समाज


‘हुबहु समाचार सार्ने अनलाइनलाई कारबाही’

‘हुबहु समाचार सार्ने अनलाइनलाई कारबाही’

रासस
भदौ १९, २०८० मंगलबार ८:१४, काठमाडौँ

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चारमाध्यमको प्रस्तुति र भूमिकालाई परिष्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चार माध्यमलाई सुझाव दिएका छन्। 

व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएको तर्फ सञ्चारमाध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उनको भनाइ छ। 

‘कोही पनि भ्रममा नपरौँ। सामाजिक सञ्जालमा पस्किएका सबै विषय समाचार होइनन्। तर, त्यस्ता विषयवस्तुले जनमानसलाई झुक्याइरहेका छन्। सञ्चार माध्यमले आफ्ना तथ्यपूर्ण र विश्वसनीय प्रस्तुतिबाट यस्ता भ्रम हटाउन सक्नुपर्छ’ अध्यक्ष बस्नेतले नयाँ खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकलाई काउन्सिलमा सोमबार दिइएको अभिमुखीकरणका क्रममा भने। 

उनले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने कतिपय अनलाइनले पत्रकारिता जगत्‌मै हिलो छ्यापेकाले तिनलाई काउन्सिलले कारबाही गरिरहेको बताए। 

अभिमुखीकरणका सहभागीलाई पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाहरूमा केन्द्रित रही प्रस्तुति राखिएको थियो। डिजिटल मिडियाले ल्याएको चुनौती र सञ्चार माध्यमले ध्यान पुर्‍याउनुपर्ने विषयबारे काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राईले प्रकाश पारेका थिए। कार्यक्रममा ३२ सञ्चारमाध्यमका सञ्चालक/सम्पादकको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad