ad ad

समाज


‘बिरामी भेट्नु छ’ भन्दै गएका पुरुषले वीर अस्पतालकाे छैटौँ तलाबाट फाल हाने

‘बिरामी भेट्नु छ’ भन्दै गएका पुरुषले वीर अस्पतालकाे छैटौँ तलाबाट फाल हाने

नेपालखबर
भदौ १८, २०८० सोमबार १२:५८, काठमाडौँ

‘बिरामीलाई भेट्नु छ’ भन्दै वीर अस्पताल पुगेका एक व्यक्तिले अस्पतालको छतबाट फाल हानेका छन्।

वीर अस्पतालको छैटौं तलाबाट फाल हानेका करिब ४० वर्षीय ती पुरुषको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए। मृतकको पहिचान खुलेको छैन।

वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको छैटौँ तलाबाट हाम फालेका ती पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। 

आइतबार बिहान करिब अढाई बजे उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए। त्यसपछि सरासर छैटौँ तलामाथि पुगेर उनले फाल हानेका थिए। 

ती व्यक्तिले फाल हानेपछि अस्पताल प्रशासनले उनका बिरामी आफन्तको खाजी गरेको थियो। तर, खोजी गर्दा उनका कोही बिरामी आफन्त अस्पतालमा नपाइएको सूचना अधिकारी मिश्रले बताए।

उनको शव हाल वीर अस्पतालको शव गृहमा राखिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .