प्रहरीले चीनको केरुङ नाका हुँदै रसुवागढीबाट नेपालतर्फ छिराइसकेको अवस्थामा एक किलो सुन बरामद गरेको छ।
गोसाईकुण्ड गाउँपालिका-२ स्थित सडकबाट ४१ वर्षीया पाछेमु तामाङ गुरुङले जुत्ताभित्र लुकाइएको अवस्थामा उक्त सुन शनिबार बरामद भएको हो।
इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी निरीक्षकको टोली, सशस्त्र प्रहरी र रसुवा भन्सार कार्यालयका कर्मचारीसहितले चीनबाट नेपाल आउँदै गरेका गोसाईकुण्ड-२ का ४१ वर्षीया पाछेमु तामाङ गुरुङबाट उक्त सुन बरामद गरेको ह।
उनलाई उक्त सुनसहित थप अनुसन्धानका लागि धुन्चेस्थित जिल्ला प्रहरी कार्यालयमा पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
306
Shares
प्रतिक्रिया