शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) को तदर्थ समिति घोषणा भएको छ।
स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल (फेकोन) फुटेर गठन भएको एप्क्यानको तदर्थ समितिको घोषणा गरिएको हो। काठमाडौंमा मंगलवार पत्रकार सम्मेलन गरी प्रज्जवल बस्नेतको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको जानकारी गराइएको हो।
समितिको सदस्यहरुमा हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत, अनिल शर्मा, अमित खड्का, दीपा लामिछाने, दिनेश न्यौपाने, प्रज्वल खत्री,रमेश भट्टराई, मदन उप्रेती र नरेश सेढाईं रहेका छन्।
तदर्थ समितिका संयोजक बस्नेतले फेकोनले मनोमानी ढंगले संस्थाको गतिविधि गरेपछि बाध्य भएर नयाँ संस्था स्थापना गर्नुपरेको बताए। उनले संस्थाको पारदर्शितामाथि प्रश्न उठाउँदा आफूहरुलाई गलत बनाइएको बताए।
उनले संस्थाका सदस्यहरुलाई समेत गुम्राहमा पार्ने गरिएको र सहयोग नभएपछि बाध्यतावश नयाँ संस्था स्थापना गर्नुपरेको बताए।
Shares

प्रतिक्रिया