ललितपुर महानगरपालिका–२० कुमारीपाटीस्थित सुनाकोठीस्थित एक कन्सल्टेन्सीमा आगलागी हुँदा झण्डै ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सी नेटवर्क प्रालिमा विद्युत् ‘सर्ट’ भई सोमबार दिउँसो आगलागी भएको जानकारी दिए।
आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब ४४ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
60
Shares
प्रतिक्रिया