ad ad

समाज


बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध, स्थानीय सरस्वती मावि जोखिममा

बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध, स्थानीय सरस्वती मावि जोखिममा

मेलम्चीमा आएको बाढीले बगाएको मेलम्ची - हेलम्बु सडक। तस्बिर: कुमार लामिछाने


नेपालखबर
भदौ ८, २०८० शुक्रबार ९:६, काठमाडौँ

अबिरल वर्षापछि सिन्धुपालचोकको मेलम्ची नदीमा ठूलो बाढी आएको छ।

बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा क्षति गरेको प्रहरीले जनाएको छ। बाढीको कारण मेलम्ची–हेलम्बु सडकमा यातायात अवरुद्ध भएको छ। 

बाढीले हेलम्बु–४ स्थित सरस्वती माविको शौचालय बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेका हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन्। 

‘अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ’, उनले भनिन्, ‘वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ।’

पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उनले बताइन्। बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीय श्याम लामिछानेले जानकारी दिए। 

कक्षा कोठाबाट डेस्क, ब्रेच हटाएको कारण सरस्वती माविको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्ची क्षेत्रमा त्रास बढेको बताए। 

‘तर, बाढीले अहिलेसम्म ठूलो क्षति भने गरेको छैन,’ एसपी राणाले नेपालखबरसँग भने, ‘बाढीले हेलम्बुको एउटा सरकारी विद्यालयमा सामान्य क्षति गरेको छ। केही ठाउँमा सडक अवरुद्ध भएको छ। यसलाई ठूलो क्षति भन्न मिल्दैन।’

बाढीले अवरुद्ध भएको सडक हेलम्बु गाउँपालिकाको पहलमा खुलाउने प्रयास सुरु भएको छ। तर, निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन। 

मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए। पानी परिरहेकाले सडक मर्मत गर्न समस्या भएको नगरपालिकाले जनाएको छ। (राससको सहयोगमा)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .