ad ad

समाज


सशस्त्र प्रहरीका ५६ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

सशस्त्र प्रहरीका ५६ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपालखबर
भदौ ५, २०८० मंगलबार १७:३४, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालले मंगलबार ५६ जना एसपीमा  र ८४ जना डिएसपीमा  बढुवाको लागि नाम सिफारिस गरेको छ। 

बढुवा हुने एसपी सि.सं ३ र डिएसपी सि.सं ७ का रहेका छन्।

२०६० भाद्र २९ गते भर्ना भएका सि.सं ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना आज एसपी भएका हुन्। 

यसैगरी २०६४ सालको सि.सं ७ बाट यसअघि ५६ जना डिएसपिमा  बढुवा भइसकेको छन् भने आज बाँकी ८४ जना बढुवा भएका हुन्। यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि.सं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डिएसपी भएका छन्। 

डिएसपी भएका  दुवैटोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मुल्याङ्कनलाई आधार बनाएर गरिएको छ। सि.सं ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डिएसपी भएका र केही चाही दोश्रो लटमा डिएसपी भएका थिए। सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डिएसपी बढुवा भएका थिए। 

संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको दाबी गरिएको छ। 

सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको बृत्तिबिकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन .ओ.एण्ड एम) मार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए। 

यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरु एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ।

हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शुन्य भएको छ।

गत असार ३१ गते सशस्त्र प्रहरी बलले एसएसपी देखि सहायक हवलदार सम्मको बढुवाको लागि सुचना प्रकाशित गरेको थियो। जसअनुसार करिब १ महिनाको बिचमा एसएसपी १२ , एसपी ५६ , डिएसपी ८४ , इन्सपेक्टर ७३ , वरिष्ठ सइ ५० , सइ १ सय ४३ , असइ ८२, वरिष्ठ हवलदार १ सय १८ , हवलदार १ हजार ९ सय २५ र सहायक हवलदारमा ३ हजार ८ सय ७० गरि कुल ६ हजार ४ सय १३ जनाको बढुवा भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .