ad ad

समाज


पाँच घण्टापछि बुधबार बिहान खुल्यो नारायणगढ-मुग्लिन सडक

पाँच घण्टापछि बुधबार बिहान खुल्यो नारायणगढ-मुग्लिन सडक

नेपालखबर
माघ ८, २०७६ बुधबार ३:३४,

नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि गाडी चल्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो।

राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक बुधबार बिहान २ः४५ बजेबाट सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए।

खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो।

सुक्खा पहिरो तुइनखोलाको ३ नम्बर पुल नजिक खसेको हो। एक वर्षअघि विस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पनि पहिरो रोक्ने काम भइरहेको छ।

सानो वर्षा हुँदा पनि नारायणगढ–मुग्लिन सडक खण्डका धेरै ठाउँमा पहिरो जाने गरेको छ। चार दिनअघि हिउँदे झरिको कारणले पनि यहाँ पहिरो गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .