ad ad

समाज


दिलीपको नाममा प्रतिष्ठान गठन, पूर्वराष्ट्रपति यादवको उपस्थितिमा १ हजार बिरुवा रोपियो

दिलीपको नाममा प्रतिष्ठान गठन, पूर्वराष्ट्रपति यादवको उपस्थितिमा १ हजार बिरुवा रोपियो

शैलेन्द्र महतो
माघ ७, २०७६ मंगलबार १५:२५,

अवैध खोला दोहनको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका ओम प्रकाश भनिने दिलीपकुमार महतोको १३ औँ दिनको पुण्यतिथिमा चुरे क्षेत्रमा वृक्षरोपण गरिएको छ।

धनुषाको मिथिला नगरपालिका ५ विश्रामपुरको चुरे क्षेत्र औरही नदीको किनारमा पाखैर, मलेसियन सखुवा, अमला, सखसाल प्रजातिका एक हजार वटा विरुवा पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा रोपिएको हो।

पर्यावरणकै बचाउको क्रममा दिलीपको हत्या भएकाले उनको अभियानलाई निरन्तरता दिने उद्देश्य अनुसार वृक्षरोपण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्माले बताए।

82433203_477805143158913_2290168392922955776_n.jpg

यस्तै दिलीपको नाममा सहिद ओमप्रकाश पर्यावरण संरक्षण प्रतिष्ठान गठन गरिएको छ। स्थानीय संगम महतोको संयोजकत्वमा प्रतिष्ठानको ५ सदस्य तदर्थ समिति गठन गरिएको हो। समितिका सदस्यहरुमा पशुपति महतो, लक्ष्मी महतो, सुरेन्द्र महतो र वीरेन्द्र महतो छन्।

यस्तै प्रतिष्ठानको सल्लाहकार परिषद् समेत गठन गरिएको छ। समाजिक अभियन्ता तथा प्रदेश २ का समाजवादी पार्टीका सांसद रामआशिष यादवको संयोजकत्वमा ५ सदस्य प्रतिष्ठान सल्लाहकार परिषद् गठन भएको अध्यक्ष शर्माले जानकारी दिए। सल्लाहकार परिषदको सदस्यहरुमा सरसफाइ तथा पर्यावरण बचाउ अभियन्ता सुरेश शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, पत्रकार राजकरण महतो र स्थानीय महेन्द्र महतो छन्।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षका दिलीपको घर नजिकैको औरही खोलामा भइरहेको अवैध दोहन रोक्न जाँदा गएको पुस २५ गते बिहान हत्या गरिएको थियो।

83255391_109078293854520_9104092505757974528_n.jpg

दिलीपको अभियानलाई निरन्तरता दिनुपर्छः पूर्वराष्ट्रपति यादव
वृक्षरोपण तथा श्रद्धाञ्जली कार्यक्रमको उदघाटन गर्दै पूर्वराष्ट्रपति यादवले पर्यावरण संरक्षणका लागि दिलीप महतोको अभियानलाई निरन्तरता दिनुपर्ने बताए। चुरे फडानी तथा अवैध दोहनविरुद्ध सचेत नागरिक अगाडि आउनु पर्ने बताउँदै यादवले अगामी दिनमा दिलीपकोजस्तो घटना हुन नदिन तीनै तहका सरकारसंग आग्रह गरे।

अवैध उत्खनन् तथा चुरे विनाशले अन्नको भण्डार मानिने तराई मधेश मरुभूमि बनिरहेकोमा भन्दै उनले चिन्ता व्यक्त गरे।

83255391_109078293854520_9104092505757974528_n_1.jpg

‘समयमै चुरे र अवैध दोहनतर्फ सबै गम्भीर हुनुपर्छ। नभए अतिवृष्टि, अनावृष्टि, सुख्खा जस्तो प्रकोप आउन धेरै दिन लाग्दैन,’ राष्ट्रपति यादवले भने ‘ दिनानुदिन पानीको सतह घट्नु, समयमा वर्ष नहुनु, खडेरी पर्नु जस्ता कारण यसैको संकेत हो। यसबाट बच्न हामी सबै पर्यावरण संरक्षणमा लाग्नुपर्छ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादव, प्रदेश सांसद रामआशिष यादव, जिल्ला समन्वय समिति धनुषाका सभापति रामदव बनरैत यादव, मिथिला नगरपालिकाकी नगर उपप्रमुख तारा लामा बस्नेत लगायतले दिलीपको योगदान समाजले सदैव स्मरण गरिरहने बताउँदै उनलाई पर्यावरण शहिद घोषणा गर्न सरकारसँग माग गरेका थिए। कार्यक्रमको अध्यक्षता दिलीपका बुबा रामजीवन महतोले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .