समाज


बलात्कार आरोपमा समातिए युवासंघका नगर कमिटी अध्यक्ष

बलात्कार आरोपमा समातिए युवासंघका नगर कमिटी अध्यक्ष

नेपालखबर
भदौ ३, २०८० आइतबार १२:४२, काठमाडौँ

बलात्कार गरेको अभियोगमा मोरङको बेलबारीबाट प्रहरीले नेकपा एमालेनिकट युवासंघ नेपालका नगर कमिटी अध्यक्षलाई पक्राउ गरेको छ।

२१ वर्षीया युवती बलात्कार गरेको आरोपमा बेलबारी नगरपालिका-८ का ३४ वर्षीय काशी तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

उनी राष्ट्रिय युवा संघ नेपाल बेलबारी नगरकमिटीका अध्यक्ष रहेका प्रहरीले जनाएको छ। 

प्रहरीले उनलाई बिहीबार पक्राउ गरेर हिरासतमा लिएको मोरङ प्रहरीका प्रवक्ता, डीएसपी रञ्जन दाहालले जानकारी दिए। 

तामाङले ती किशोरीलाई बेलबारी १० मा रहेको पोल लाइट रेस्टुरेन्टमा असार २ गते बलात्कार गरेको आरोप लागेको छ।

पीडितपक्षले तामाङविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि पक्राउ गरिएको हो।

तामाङविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीले जबरजस्ती करणी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad