ad ad

खेल


फिफा महिला विश्वकप उपाधिका लागि स्पेन र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने

फिफा महिला विश्वकप उपाधिका लागि स्पेन र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने

नेपालखबर
भदौ ३, २०८० आइतबार १२:५०, काठमाडौँ

फिफा महिला विश्वकपको उपाधिका लागि आज स्पेन र इंग्ल्यान्ड भिड्दैछन्। 

सिड्नीको स्टेडियम अस्ट्रेलियामा हुने फाइनलमा करिब ७५ हजार दर्शक उपस्थित हुनेछन्। महिला विश्वकपको नवौं संस्करणको विजेता टोली पाँचौं च्याम्पियन बन्नेछ। 

यसअघि अमेरिकाले चारपटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एकपटक उपाधि जितेका छन्। 

पहिलोपटक फाइनलमा पुगेका दुवै टोली इतिहास रच्न चाहन्छन्। इंग्ल्यान्ड र स्पेन पहिलोपटक विश्वकपमा आमनेसामने हुन लागेका हुन्। 

सेमिफाइनलमा स्पेनले स्वीडेनलाई २–१ हराउँदै उपाधिनजिक पुगेको हो। विश्वकपका पछिल्ला चार खेलमा अपराजित स्पेन सोही लयलाई निरन्तरता दिर्दै उपाधि हात पार्न चाहन्छ।

विश्वकपको फाइनल हेर्न स्पेनकी महारानी लेटिजिया पनि सहभागी हुँदैछिन्। फुटबल संघका अध्यक्ष प्रिन्स विलिस्मले भने भिडियो सन्देश पठाउँदै शुभकामना दिएका छन्। 

युरोपेली च्याम्पियन इंग्ल्यान्डले आइतबारको फाइनलमा स्पेनलाई हराउँदै दोस्रोपटक इतिहास रच्ने योजनामा छ। आजको खेलमा उपाधि जिते सन् १९६६ पछि इंग्ल्यान्ड पहिलोपटक सिनियर फाइनल जित्ने टोली बन्नेछ। 

इंग्ल्यान्डले भने घरेलु टोली अस्ट्रेलियालाई ३–१ ले हराउँदै स्पेनसँगको भेट पक्का गरेको हो। इंल्यान्डकी सरिना विग्म्यानले भनिन्, सबैले १९६६ को बारेमा कुरा गरिरहेका छन् त्यसैले आइतबार हामी धेरै प्रयास गर्ने र सफल हुने प्रयासमा छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .