नेपाली सेनाको उपरथी पदमा बढुवा भएका गणेश कुमार श्रेष्ठलाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
शुक्रबार जंगी अड्डामा आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। श्रेष्ठ नेपाल सरकारको साउन ३० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएको हुन्।
हाल निमित्त कार्यरथीको रुपमा कार्यरत उपरथी श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त भएका छन्।
कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका उपरथी श्रेष्ठको परिवारजनको उपस्थिति थियो।
108
Shares
प्रतिक्रिया