ad ad

समाज


धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने

धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने

नेपालखबर
माघ ७, २०७६ मंगलबार १०:१०,

धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन) निर्माण गरिने भएको छ।

एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिग्रँदा अथवा राकिएर रहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई अन्त्य गर्ने ठाउँ ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो।

एक सय ६० किमि सडकमा चार पाँच सय मिटरको दूरीमा जोन निर्माण गर्ने गरी योजना बनाइएको आयोजना व्यवस्थापक सूर्यबहादुर भाटले जानकारी दिए। उनका अनुसार चार खण्डमा विभाजित सडकमा सबैभन्दा साँघुरो भागका रुपमा खुर्कोट–नेपालथोक रहेको छ। उनले भने, ‘चौडाइ बढी भएकोभन्दा कम चौडाइको सडकमा बढी आवश्यक देखिएको छ।’

साँघुरो सडकमा पछिल्लो समय सवारी चाप बढिरहेको हुँदा यसको विकल्पको खोजी सुरु गरिएको हो। बिसाउन र रोक्न मिल्ने स्थान भएकैमा सवारीसाधनले उछिन्ने पनि गर्न सक्छन्। सडक विस्तारको तयारी अघि बढिरहँदा ‘जोन’ पनि तयारी भएको हो। आयोजना व्यवस्थापक भाटले भने, ‘सडकको बढी साँघुरा स्थानमा जोन निर्माणको योजना बनाइएको हो।’

सडक विभागले अन्य राजमार्गमा पनि पासिङ जोन निर्माण गर्दै जाने नीति बनाएको छ। निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा पनि बिसाउन र रोक्न मिल्ने स्थानसमेत डिजाइनमा छ।

मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्ने र एउटा गाडी बिग्रिँदा पनि दुईवटै गाडी चल्न सक्नेछन्। सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ। ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .