ad ad

समाज


सहकारीका पदाधिकारीले पत्रकारलाई दिए ज्यान मार्ने धम्की

सहकारीका पदाधिकारीले पत्रकारलाई दिए ज्यान मार्ने धम्की

नेपालखबर
साउन ३१, २०८० बुधबार १५:५३, काठमाडौँ

नेपाल पत्रकार महासंघले काठमाडौंबाट प्रसारण हुँदै आइरहेको बागमती टेलिभिजनका संवाददाताद्वय गौरव अधिकारी र सुमन निरौलालाई एक सहकारीका अध्यक्षले ज्यान मार्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ।

समाचार संकलनका क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित भोटेओडार सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामजी कँडेललगायतका व्यक्तिहरूको संलग्नतामा ज्यान मार्ने धम्की दिइएको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

टेलिभिजनका अनुसार उक्त सहकारीमा अनमियता भैरहेको जानकारी प्राप्त भएपछि साउन ३० गते मंगलबार पत्रकारद्वय अधिकारी र निरौला समाचार संकलनका लागि काठमाडौंबाट लमजुङस्थित सहकारी पुगेर अध्यक्ष कँडेललाई अनियमितताकाबारे भनाइ राख्न आग्रह गरेका थिए।
 

तत्पश्चात अध्यक्ष कँडेलले चिया खाँदै कुरा गर्ने भन्दै सहकारीका अन्य पदाधिकारी तथा व्यवस्थापकसहित पत्रकारद्वयलाई स्थानीय एक होटलमा लगेर लमजुङस्थित सुन्दरबजार नगरपालिका वडा नं ८ र ९ का वडा अध्यक्षसमेतको संलग्नतामा बन्धक बनाइ ज्यान मार्ने धम्की दिनुका साथै परिचयपत्र र अन्य सामग्री पनि नियन्त्रणमा लिएको टेलिभिजनले जनाएको छ।

‘स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारमाथि सहकारीका जिम्मेवार पदाधिकारी तथा वडाका अध्यक्षसमेतको संलग्नतामा भएको यो हर्कत अत्यन्त निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघले भनेको छ, ‘महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .