आज (शनिबार) काठमाडौं उपत्यकाका तीनसहित चार जिल्लामा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन प्रभावित क्षेत्रका बासिन्दालाई बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाका अनुसार आज काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम देखिएको हो।
यसैगरी आज इलाम, झापा, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुमपुर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरामा बाढीको मध्यम जोखिमको सम्भावना छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार हरियो रङले बाढीको न्यून जोखिम, पहेलो रङले बाढीको मध्यम जोखिम, सुन्तला रङले बाढीको उच्च जोखिम तथा रातो रङले बाढीको अति उच्च जोखिम हुने संकेत गर्छन्।
हेर्नुहोस् बाढी पूर्वानुमान बुलेटिन-
यो पनि : सबै प्रदेशमा भारी वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी
Shares
प्रतिक्रिया