ad ad

राजनीति


जनमत पार्टीको नौलो अभ्यास : स्थानीय जनप्रतिनिधिको मूल्यांकन गर्न मतदान

जनमत पार्टीको नौलो अभ्यास : स्थानीय जनप्रतिनिधिको मूल्यांकन गर्न मतदान

नेपालखबर
साउन २७, २०८० शनिबार ११:१८, काठमाडौँ

स्थानीय जनप्रतिनिधिहरुले जनताका पक्षमा काम गरे/नगरेकोबारे मूल्यांकन गर्न जनमत पार्टीले आज मतदान गराउँदै छ। 

जनमत पार्टीका सचिव बीपी साहका अनुसार स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको अनुमोदन मूल्यांकन अर्थात् एप्रुभल रेटिङका लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको छ। 

निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान भइरहेको साहले बताए। 

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरुले जनताको चाहनाअनुसार काम गरे वा गरेनन्, मूल्यांकनका लागि पहिलोपटक एप्रभुल रेटिङ गर्दै छ। 

सचिव साहका अनुसार जनमत पार्टीका निर्वाचित स्थानीय तहका २२ स्थानमा मतदान भइरहेको छ भने वर्षाका कारण केही स्थानीय तहमा मतदान ढिला हुने देखिएको छ। 

मतदान गराउन पार्टीले निर्वाचिन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको छ।

एप्रुभल रेटिङको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको थियो भने दाबी विरोधका लागि दुई दिनको समय दिइएको थियो। 

२०८० वैशाख ३० गते अघिसम्म जनमत पार्टीको सदस्यता लिएकाहरुले मात्र मतदान गर्न पाएका छन्। 

स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमा पहिलोपटक हुन लागेको सचिव साहले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .