ad ad

समाज


कपनको खहरे खोलामा काठमाडौं महानगरले चलायो डोजर

बूढानीलकण्ठ र काठमाडौंका जनप्रतिनिधिबीच भयो सहमति
कपनको खहरे खोलामा काठमाडौं महानगरले चलायो डोजर

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८० शुक्रबार १७:५४, काठमाडौँ

कपनको खहरे खोलामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। शुक्रबार काठमाडौं महानगर र बूडानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्ने सहमति भएको छ।

सोही सहमतिपछि अहिले खोला खोल्नका लागि डोजर चलाइएको काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपालखबरलाई जानकारी दिए। 

‘अहिले डोजर चलाउने काम सुरु भइसकेको छ, जनप्रतिनिधीहरू बसेर भएको छलफलमा सहमति जुटिसकेको छ,’ पाण्डेले भने। 

काठमाडौं महानगर–७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न यसअघि पनि महानगरको डोजर पुगेको थियो। 

यद्यपि त्यहाँ विवाद हुँदा डोजर खोलामा प्रवेश नगरी फर्किएको थियो। 

शुक्रबार काठमाडौं र बूढानीलकण्ठका जनप्रतिनिधिहरूबीच नापी कार्यालय चाबहीलमा बैठक बसेको थियो। 

उनीहरूबीच साततल्ले चोक जस्तको तस्तै राख्ने, सिमाना र खहरेको भाग समेत छुट्याउने लगायतका सहमति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .