ad ad

समाज


मोटरसाइकल रोक्दै चेकजाँच गर्दा कुटिए सादा पोसाकका प्रहरी जवान

मोटरसाइकल रोक्दै चेकजाँच गर्दा कुटिए सादा पोसाकका प्रहरी जवान

नेपालखबर
साउन २४, २०८० बुधबार ७:५९, काठमाडौँ

सुदूरपश्चिम प्रदेश प्रहरीद्वारा भर्खरै गठन गरेर सक्रिय बनाइएको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) टोलीका एक जवान कुटिएका छन्। 

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ को टाउके बजारमा आरआइटीका प्रहरी जवान रञ्जित साउदलाई स्थानीय युवाहरुको समूहले कुटपिट गरेको हो।

स्थानीयबासीलाई सडकमा उतार्दै मोटरसाइकल चेकजाँच गरेर दुःख दिएको आरोपमा स्थानीय युवाहरु प्रहरीमाथि खनिएका हुन्। 

साउदले मदिरा पिएर सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेको उनीहरुको आरोप छ। 

पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालले प्रहरीले सवारी साधन चेकजाँचका नाममा दुःख दिएको खबर पाएपछि आफू पनि घटनास्थलमा पुगेको बताए। 

आफू पुग्नुपहिले नै युवाहरुको समूहले कुटपिट गरेपछि प्रहरी जवान साउद भागेको उनले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले घटनाबारे जानकारी नआएको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .