ad ad

समाज


बाबुआमाले खोसाखोस गर्दा २ महिने बालकको मृत्यु, दुवै पक्राउ

बाबुआमाले खोसाखोस गर्दा २ महिने बालकको मृत्यु, दुवै पक्राउ

नेपालखबर
साउन २२, २०८० सोमबार १०:२, बागलुङ

बागलुङमा दुई महिने नावालकको हत्या गरेको आरोपमा आमाबुबा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय बिरु विक र  उनकी पत्नी ३० वर्षीया सबिना विक छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार यही साउन १८ गते राति विक दम्पतीबीच विवाद हुँदा बालकको मृत्यु भएको थियो। 

पतिपत्नीबीच झगडा हुने क्रममा उनीहरुले छोरालाई एकअर्काबाट खोसाखोस र तानातान गरेका थिए। त्यसक्रममा बालक भूँइमा बझारिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो। त्यसलगत्तै प्रहरीले प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। 

प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार आमाबुवा विरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .