राजस्व अनुन्धान विभागले साउन ३ गते बरामद सय किलो सुन तस्करी प्रकरणमा अन्तरदेशीय संगठित अपराध भएकोले प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ।
विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विभागले यसबारेमा जानकारी दिएको हो।
तस्करीमा अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानाकारी दिए।
हङकङ हुँदै जहाजबाट काठमाडौं भित्रिएको एक सय किलो सुन विभागको टोली त्रिभुवन विमानस्थलबाट भन्सार जाँपास भइसकेको अवस्थामा साउन ३ गते समातेको थियो।
उक्त सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले सुरुमा प्रहरीलाई सहभागी गराउन चाहेको थिएन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतको राजस्व अनुसन्धान विभाग एक्लैले अनुसन्धान थालेको थियो।
तर, अनुसन्धानको १६ दिनपछि सुन तस्करीको उक्त मुद्दाको फाइल र पक्राउ परेका सबै अभियुक्तलाई विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाउने निर्णय विभागले गरेको छ।
आइतबार विभागमा पत्रकार सम्मेलन गरेर महानिर्देशक ढुंगानाले सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताए।
‘अहिलेसम्म पक्राउ परेकाहरु र फेला परेको तथ्य प्रमाण प्रहरीको जिम्मा लगाएका छौँ’, उनले भने, ‘यसमा अन्तरदेशीय संगठित अपराध देखिएकाले अब सीआईबीले अनुसन्धान अघि बढाउने छ।’
तर ढुंगानाले पत्रकार सम्मेलनका क्रममा विभागले इतिहासमै नयाँ काम गरेको बताए।
तर विभाग स्थापना भएयता पहिलो पटक आफ्नो क्षेत्राधिकारको विषय अनुसन्धान चल्लाचल्दै प्रहरीलाई जिम्मा लगाइएको हो। प्रधानमन्त्री मातहतको विभागले हात उठाएपछि अब गृहमातहतको सीआईबीले अनुसन्धान अघि बढाउने छ।
राजस्वले यो प्रकरणमा संलग्न रहेको आरोपमा फरक मितिमा १८ जनालाई पक्राउ गरेको थियो। तीमध्ये एकजना बिरामी भएका कारण हाजिरी जमानीमा छाडिएको छ।
पक्राउ पर्नेहरुमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई रहेका छन्।
यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका छन्।
सम्बन्धित समाचार
- नासुको बयान : विमानस्थल भन्सारमा तस्करीको सुनसँग यसरी साटियो इलेक्ट्रिक सिगरेट
- सुनकाण्डमा कसरी जोडिए कृष्णबहादुर महराका बाबुछोरा?
- सुन तस्करी प्रकरण अनुसन्धान अब सीआईबीले गर्ने
- तस्करीको सुन गायब गर्ने भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान
- सय किलो सुन प्रकरण : राजस्वले सीआईबीलाई बुझायो पक्राउ परेका १७ अभियुक्त र अनुसन्धान फाइल
Shares
प्रतिक्रिया