समाज


शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

नेपालखबर
साउन २१, २०८० आइतबार ७:४, काठमाडौँ

ललितपुरको बागमती गाउँपालिकाले विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको  छ। 

वडा नम्बर १ देखि ५ सम्म पढाइ हुने विद्यालयका शिक्षकलाई १० दिने तालिम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

जनभावना क्याम्पस चापागाउँमा सुरु भएको तालिमको नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले उद्घाटन गरेका छन्। 

तालिम उद्घाटन गर्दै महर्जनले शैक्षिक उन्ननयका लागि सामूहिक प्रयत्नको खाँचो रहेकोमा जोड दिए।

कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले तालिमको प्रभावकारिता र पालिकामा रहेका ४६ विद्यालयको अवस्थाको विषयमा प्रकाश पारेका थिए।

उनले विद्यालयको पढाइ सुधारको लागि नियमित अनुगमन गर्ने तथा राम्रो गर्नेलाई पुरस्कृत गर्ने नीति लिएको जानकारी दिए। चालु आर्थिक वर्षमा शिक्षकका लागि बागमती प्रदेश सरकारले ७६ लाख पाँच सय ७१ विनियोजन गरेको छ। 

तालिममा शिक्षण सिकाइ, व्यवस्थापन, समस्या र चुनौतीका बारेमा छलफल हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad