ad ad

समाज


नेपाल र भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रको अतिक्रमण हटाए

नेपाल र भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रको अतिक्रमण हटाए

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८० शुक्रबार २२:४, काठमाडौँ

महोत्तरी जिल्लासँग जोडिएको नेपाल र भारतबीचको दशगजा क्षेत्रमा वर्षौंदेखि रहेको अतिक्रमण नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा आज हटाएका छन्।

नेपालतर्फ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ७ र ८ मा तथा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर सहरमा पर्ने सीमा स्तम्भ नम्बर २९५÷९ देखि सीमा स्तम्भ नम्बर २९५ सम्मको करिब तीन किलोमिटर अतिक्रमित दशगजा क्षेत्रलाई दुवै देशका संयुक्त सुरक्षाकर्मीले खाली गराएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरले जनाएको छ। 

नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरका सशस्त्र प्रहरी नायब निरीक्षक रवीन्द्र मेहत्तरी सुडीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर अवस्थित सीमा सुरक्षा बल (एसएसबी) का निरीक्षक ऋषिकेशकुमार तथा मधवापुर थानाका सहायक प्रहरी निरीक्षकद्वय बहादुर विभाकर र सियाराम शर्माको कमाण्डमा खटिएका सुरक्षाकर्मीहरूले अतिक्रमित दशगजा खाली गराएका हुन्।

संयुक्त सुरक्षाकर्मीले दुवै देशतर्फ दशगजा क्षेत्रमा अतिक्रमण गरी स्थानीयले निर्माण गरेका घर, टहरा, गोठ, छाप्रोहरू हटाएका छन्। 

दशगजा क्षेत्रमा बाँधेर राख्ने गरेका मालमवेशी (वस्तु भाउ), भण्डार गरी राखेका घाँस, दाउरा, भुस, पराल, इँट्टा, ढुङ्गा, बालुवा र अन्य सामग्री पनि हटाइएको छ।

त्यसैगरी वर्षौंदेखि दशगजा क्षेत्रमा नै पार्किङ गरी राख्दै आएका दर्जनौँ भारतीय नम्बरका गाडीहरू पनि आजदेखि त्यस क्षेत्रमा पार्किङ गर्न नपाउने गरी हटाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .