ad ad

समाज


दोलखा पहिरो अपडेट : ३ वर्षका बालक मृत भेटिए, बुवाआमासहित ३ जना बेपत्ता

दोलखा पहिरो अपडेट : ३ वर्षका बालक मृत भेटिए, बुवाआमासहित ३ जना बेपत्ता

घटनास्थल


नेपालखबर
साउन १९, २०८० शुक्रबार ११:३१, काठमाडौँ

दोलखा**मा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने उनका बुवाआमासहित तीन जना बेपत्ता भएका छन्। 

दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा बिहीबार साँझ पहिराले कृष्ण बहादुर मगरको घर बगाएको हो।  

गाउँपालिकाका प्रशासन प्रमुख तथा सूचना अधिकारी नवीन बस्नेतका अनुसार पहिरोमा परी कृष्णबहादुरसँगै उनकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता भएका हुन्। 

कृष्ण बहादुरको ३ वर्षका छोरा प्रिन्स मगर भने मृत भेटिएका छन्। 

सच्याइएको** यसअघि यसै समाचारमा दोलखा हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौँ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .