ad ad

समाज


दोलखा पहिरोमा बेपत्ता हुनेको संख्या ४ पुग्यो, घाइतेलाई हेलिकप्टरमा काठमाडौं ल्याइँदै

दोलखा पहिरोमा बेपत्ता हुनेको संख्या ४ पुग्यो, घाइतेलाई हेलिकप्टरमा काठमाडौं ल्याइँदै

घटनास्थल। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
साउन १९, २०८० शुक्रबार ११:६, काठमाडौँ

दोलखाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा पहिरोमा बेपत्ता हुनेको संख्या ४ पुगेको छ। 

बिहीबार साँझ गएको पहिरोमा  स्थानीय करिब ५५ वर्षीय कृष्णबहादुर मगर, उनकै श्रीमती देवी मगर, अर्का वृद्ध हरिलाल श्रेष्ठ र ३ वर्षीय  बालक प्रिन्स थामी बेपत्ता भएका हुन्। ्

सदरमुकामबाट उत्तरी क्षेत्रमा अवस्थित मार्बुमा झरेको पहिरोमा तीनजना गम्भीर घाइते भएका छन्। स्थानीय यज्ञ थामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सरिता थामी घाइते भएका हुन्। 

उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं लगिँदै छ। उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहीबार साँझ  खारेतर्फको भीरबाट बस्तीमा पहिरो झरेको हो।

पहिरोले बस्तीका ५ घर पुरेको मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले जानकारी दिए। सुरक्षाकर्मी र स्थानीयले बेपत्ताको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .