ad ad

समाज


काठमाडौंका ८ वटा अस्पतालमा मन्त्रालयको अनुगमन

काठमाडौंका ८ वटा अस्पतालमा मन्त्रालयको अनुगमन

नेपालखबर
साउन १८, २०८० बिहिबार १८:४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरुको अनुगमन गरेको छ।

स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो।

मन्त्रालयका अनुसार काठमाडौंको कान्ती बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हो।

नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको  अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले अस्पतालहरुमा नागरिक वडापत्र लागू हुनुपर्ने बताए। 

उनले अस्पतालले बिरामीहरुको निःशुल्क उपचार दिनुपर्ने पनि बताए।

‘नेपाल मेडिकल कलेजको राम्रो पक्ष भनेको सरसफाई राम्रो छ। पूर्वाधार ठिक। नागरिक बडापत्रका कुरा, निःशुल्क दिने उपचारका कुरामा सुधार गर्नुपर्ने देखिन्छ। शंकरापुर अस्पतालको भवन स्ट्याण्डर्ड छैन,’ डा.बाराकोटीले भने, ‘गरिब असहायलाई बेड पर्याप्त नछुट्याइएको पाइयो। ल्याबमा सुधार गर्नुपर्ने देखियो।’

अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो।

यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका फार्मेसीहरूको अनुगमन गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .